देउखुरीमा एक घरमा आगलागी, ५ लाख बढीको क्षति

दाङ समाचार
दाङ समाचार ९ बैशाख २०८०, शनिबार
1 Min Read
Aa

तुल बहादुर कवँर मगर, भालुवाङ

दाङ– राप्ती गाउँपालिका वडा नम्बर ४ काे बुढीचाैरमा शनिबार एक घरमा आगलागी भएको छ।

दिउँसो करिब साढे बाह्र बजे राप्ती गाउँपालिका वडा नम्बर ४ बुढीचाैरका प्रेम बहादुर ओलीको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट ओलीको तीन काेठे एक तले फुसले छाएको कच्ची घर तथा घरमा रहेका नगद १५ हजार रुपैयाँ सहित खाद्यान्न, लत्ताकपडा, भाडाकुडा, कागजपत्र समेत जल्दा करीब रु ५ लाख १५ हजार बराबरको क्षति भएको प्रहरी चाैकी मसुरीयाका सई निम बहादुर खत्रीले जानकारी दिनु भएको छ ।

आगोलाई नेपाल प्रहरी र स्थानीयवासी लगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्