बड्कापथ सिंचाईको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः रघुनन्दन

दाङ समाचार
दाङ समाचार १३ बैशाख २०८०, बुधबार
2 Min Read
Aa

दुख हरण यादव

गढवा – बड्कापथ सिंचाई जल उपभोक्ता मुल समन्वय समिति गढवाको तेस्रो वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन गढवा गाउँपालिका – ३ गोवरडिहामा सम्पन्न भएको छ ।

समन्वय समितिका अध्यक्ष रघुनन्दन चौधरीको सभापतित्व तथा लुम्बिनि प्रदेशका निवर्तमान भौतिक तथा पुर्वाधार विकास मन्त्री इन्द्रजित चौधरीको प्रमुख आतिथ्यता एवम् गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पोखरेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि इन्द्रजित चौधरीले बड्कापथ सिंचाई योजना देउखुरीको समृद्धिसंग जोडिएको आयोजना भएकोले यो योजनाको समयमै सम्पन्न गर्ने कुराम जोड दिनु भयो ।

त्यसै गरी विशिष्ट अथिति गढवा गाउँपालिकाका अध्यक्ष पोखरेलले सिंचाई आयोजनाले सम्पूर्ण गढवा गाउँपालिकाको हितमा रहेकोले अनुशासित तथा इमान्दरिताले काम गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै समितिका अध्यक्ष रघुनन्दन चौधरीले बड्कापथ सिंचाईको काम ३० प्रतिशत सम्पन्न भएको बताउनु भयो । त्यसै गरि भरत अधिकारीले ५३ लाख २२ हजार सात सय उन्नाइस रुपैया बराबरको आय ब्यय प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

बड्कापथ सिंचाई आयोजनाको अध्यक्षमा रघुनन्दन निर्वाचित
गढवा गाउँपालिका – ३ मा सम्पन्न बड्कापथ सिंचाई जल उपभोक्ता मुल समन्वय समितिको तेस्रो अधिवेशनले ४ वर्षे कार्याकालको लागि रघुनन्दन चौधरीको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको निर्वाचन मण्डलका संयोजक युवराज पोख्रेलले जानकारी दिनु भयो ।

वरिष्ठ उपाध्यक्षमा हुमाकान्त सुवेदी, उपाध्यक्षमा माया नेपाली, सचिवमा भरत अधिकारी, कोषाध्यक्ष युवराज पौडेल, सह सचिवमा विष्णु माया बसेल चयन हुनु भएको छ ।

त्यस्तै सदस्यमा सन्दीप शर्मा, शालिकराम यादव, राज कुमारी चौधरी, सतनाम यादव, भगत बहादुर चौधरी, पुरण चन्द्र मरासिनी, जनकमान चौधरी, रेणु प्रसाद चौधरी रहनु भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्