चार रुपैयाँ ३३ पैसा घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

दाङ समाचार
दाङ समाचार १९ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ -पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मूल्यको विवरण दिएको छ ।

निगमका अनुसार पेट्रोल लिटरमा चार रुपैयाँ ३३ पैसा तथा डिजेलमा चार रुपैयाँ ११ पैसा मूल्य घटेको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य निगमलाई पठाएको हो । डिजेल, पेट्रोलको मूल्य घटेर आए पनि नेपालमा बिक्री मूल्य घटाउनेबारे निगम कुनै निर्णय लिइसकेको छैन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्