विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरु पक्राउ

दाङ समाचार
दाङ समाचार २० बैशाख २०८०, बुधबार
1 Min Read
Aa

दाङ – वडा प्रहरी कार्यालय लमहीले तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उच्च अदालत तुलसीपुर दाङको २०७६।१२।०३ गतेको फैसलाले जवरजस्ती करणी उद्योगमा १ महिना १३ दिन कैद र पाँच हजार रुपैया जरीवाना तोकेकोमा जिल्ला प्यूठान मल्लरानी गाउँपालिका – ३ चोरपानी स्थायी वतन भई हाल लमही नगरपालिका – ३ फल्कापुर बस्ने वर्ष ४४ को राजेन्द्र पौडेल रहेका छन् ।

त्यस्तै उच्च अदालत पाटन ललितपुरद्वारा बैकिङ कसुर मुद्धामा एक लाख अन्ठानब्बे हजार रुपैयाँ जरिवाना तोकिएकी लमही नगरपालिका – ६ बलरामपुर स्थायी वतन भएकी ४० वर्षिया पौष कुमारी चौधरी त्यस्तै सहकारीको रकम हिनामिना गरेर फरार रहेका लमही नगरपालिका – ५ रातोडाँडाका रिकि गिरी रहेका छन् ।

अदालतबाट फैसला भई फरार प्रतिवादीहरुलाई पक्राउ गरि जिल्ला अदालत घोराही समक्ष पेश गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्