न्याय चुस्त दुरुस्त बनाउने मेरो पहिलो प्राथमिकता – कानूनमन्त्री गुरुङ

दाङ समाचार
दाङ समाचार २१ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ -नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कुनै पनि योजना अघि बढाउँदा त्यसको लागत किस्ताबन्दीमा के, कति भन्नेकुरा निकालेर मात्रै अघि बढ्ने बताए।

उनले आफ्नो पहिलो प्राथमिकता न्याय ढिलो हुन नदिने रहेको बताए। उनले न्याय चुस्त र दुरुस्त बनाएर अघि बढ्ने कुरा पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे। उनले कुनै पनि क्षेत्रमा भएको भ्रष्टाचारमा कसैलाई पनि छुट नहुने स्पष्ट पारे।

उनले भने, ‘कुनै पनि कुरामा आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखिने छ। कुनैपनि योजना अघि बढाउँदा कति लगानी, लागत, किस्ताबन्दीमा कति के भन्ने कुरा निकालिने छ। सुशासन, न्याय ढिला हुने कुरामा प्राथमिकता हुनेछ, त्यसको अन्त्यका लागि प्रयास हुनेछ, म यसमा चुस्त र दुरुस्त बनाएर अघि बढुने छु। कानुन बमोजिम सबै चल्नुपर्छ, कानून भन्दा माथि कोही पनि हुँदैन।’

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्