भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन- कांग्रेस नेता खाण

दाङ समाचार
दाङ समाचार २३ बैशाख २०८०, शनिबार
1 Min Read
Aa

काठमाण्डौ – नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको बताउनु भएको छ । नेता खाणले शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो यस ठगी प्रकरणमा संलग्नता नभएको स्पष्ट पार्नु भएको हो ।

‘आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशित नगरी दिनुहुन अनुरोध छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रहरीले यस घटनामा ९ जनालाई पक्राउ गरिसकेको छ। अनुसन्धानको क्रममा प्रहरीले पूर्वगृहचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ।

No description available.

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्