अबैध उत्खनन रोक्न उपप्रमुखको रात्रीकालिन ‘छड्के चेकिङ’ चारवटा ट्याक्टर नियन्त्रण

दाङ समाचार
दाङ समाचार २६ बैशाख २०८०, मंगलवार
2 Min Read
Aa

दाङ – अबैध तरिकाले गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा आज बिहान करिब २ बजेको समयमा चार वटा ट्याक्टर पक्राउ परेका छन । लमही नगरपालिका – ७ स्थित बनगैं नजिकै अर्जुन खोला दोभानमा अबैध उत्खनन गर्दै गर्दा ती ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो ।

केही ट्याक्टर लोड गर्दै गरेको अवस्थामा भेटिएका थिए भने केही लोड गरेर हिड्ने अवस्थामा रहेका बेला नियन्त्रणमा लिइएको थियो । ती ट्याक्टरलाई वडा प्रहरी कार्यालय लमहीको जिम्मा लगाएको छ ।

रा १ त ३३४४, रा १ त ३८४९ नम्बरका ट्याक्टर पक्राउ परेका हुन । अन्य दुई वटा ट्याक्टरका नम्बर प्लेट पनि अस्पस्ट रहेका छन ।

लमही नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक लक्ष्मी योगीको नेतृत्वमा छड्के चेकिङमा पुगेको टोलीले खोलाजन्य पदार्थ सहित ती ट्याक्टरलाई नियन्त्रणमा लिइएको योगीले जानकारी दिनु भयो ।

चोरी हुने संभावित क्षेत्रमा छड्के चेकिङ गर्दै गर्दा गिट्टी बालुवा सहित नियन्त्रणमा लिइएको हो । यो क्षेत्रमा प्रायः अबैध उत्खनन भैरहेको हुन्छ । यो अबैध उत्खननलाई रोक्न सरोकार वाला कसैको ध्यान पुग्न नसकेको स्थानीयहरुको गुनासो छ ।

खोला नालामा राती राती चोरी चकारी गर्नेलाई कारबाही गर्नुको साटो राजनीतिक दल, नेता, प्रशासनले संरक्षण गरेका कारण वर्षेणी राजस्व चुहावट हुने गरेको स्थानीयले आरोप लगाएका छन ।

रातको समयमा ट्याक्टरहरुले बत्ती नबालेर खोला छिर्ने, ढुंगा गिट्टी लोड गर्ने र बत्ती नबालेरै फर्किने गर्दा रैछन”- उपप्रमुख योगीले भन्नू भयो । राज्यलाई कर छली गरेर अबैध काम गर्नेलाई ट्र्याकमा लिने मेरो प्रयास हो, गलत कामलाई निरुत्साहित गर्न सबैको सहयोगको अपेक्षा गरेको छु”- योगीले भन्नू भयो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्