संविधानसभा सदस्य बस्नेतको निधन

दाङ समाचार
दाङ समाचार २९ बैशाख २०८०, शुक्रबार
0 Min Read
Aa

काठमाडौं – संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । नेपाली कांग्रेसको राजनीतिमा लामो समय सक्रिय बनेका बस्नेतको आज बिहान काठमाडौंमा निधन भएको हो ।

२००२ साल मंसिर २१ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ मा जन्मिएका बस्नेत काठमाडौंको सिफलमा बस्दै आएका थिए ।

कांग्रेसको केन्द्रीय सदस्यसमेत बनेका बस्नेतले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको प्रेस प्रमुख भएर काम गरेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्