नेपालकै एक उत्कृष्ट लमही नगर विकास

दाङ समाचार
दाङ समाचार १ जेष्ठ २०८०, सोमबार
7 Min Read
Aa

दाङ – लमही नगर विकास समिति नेपालकै एक उत्कृष्ट नगर विकासको रुपमा परिचित छ । लमहीलाई उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ लमही नगर विकास समितिले विभिन्न विकासका महत्वपूर्ण योजनालाई प्राथमिकीकरण गर्दै निर्माण कार्यसमेत अघि बढाएको छ ।

जसको उदाहरणहरु प्रसस्त मात्रामा देख्न पाइन्छ । एकदश अगाडिको लमही र दशकपछिको लमहीमा धेरै परिवर्तन आएको छ । हामीले पहिलो चरणमा नगरका अधिकांश भागमा सडक, ढल, नाला, डम्पिङ साइट निर्माणलगायत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ । त्यसको कामहरु दिगो रुपमा अगाडि बढेको छ । लमही नगर विकास समितिका अध्यक्ष जोगराज चौधरीले भने,–।

‘नगरमा थुप्रै विकास निर्माणका काम जारी रहेको छ । लमही सहर विकासमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताबीचको सहकार्य पनि सौहार्दपूर्ण उल्लेख रहेको छ ।’ लमही नगरपालिका वडा नम्बर ५ स्थित एकबिघा भन्दा बढि जमीनमा अत्याधुनिक बसपार्क निर्माण गरिएको छ । उक्त बसपार्क अहिले सञ्चालनमा आएको छ । बसपार्क नजिकै नगर विकास समितिको लगानीमा टर्मिनाल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । त्यसैगरी बसपार्क नजिकै नगर विकास समितिको लागनीमा अत्याधुनिक बहुउद्देश्यीय व्यापारीक भवन निर्माण गरिएको छ ।

अहिले उक्त भवनको टेण्डर आह्वान गरि सञ्चालनमा ल्याइएको हो । सनलाई चोक नजिकै परिसरमा अर्को टर्मिनल भवनको काम सकिएको छ । अवको केही दिनमा उक्त भवन सञ्चालनमा ल्याउने योजनामा लमही नगर विकास समिति रहेको लमही नगर विकास समितिका सव–इञ्जिनीयर तुलसीराम आर्यालले जानकारी दिए ।

जग्गा संरक्षण गर्दै लमही नगर विकास

नगर विकास समितिले सार्वजनिक जग्गाको पहिचान र संरक्षण गर्दै, त्यसको संरक्षण गरी खुला क्षेत्र विकास गर्ने र हरियाली प्रवद्र्धन गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अघि बढाएको छ । लमहीको सार्वजनिक बगैँचा क्षेत्रभित्र रहेको जग्गा संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले यो आर्थिक वर्षको बजेटमा बगैँचाभित्र इन्टरलक ब्यक निर्माण, हरियाली प्रवद्र्धनलगायलाई प्राथमिकतामा राखेको लमही नगर विकास समितिका सव–इन्जिनियर तुलसीराम अर्यालले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा लमही नगर विकास समितिले लमहीको सार्वजनिक बगैँचाको क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न र उक्त बगैँचाभित्र रहेको मञ्च अगाडिको भागमा पक्की ब्लक विछाउन ३१ लाख बजेटको योजना अघि सारिएको थियो । अहिले लमहीको सार्वजनिक बगैंचामा इन्टरलक ब्लक विच्छाइएको छ । २७ हजार वर्गफिटमा इन्टरलक ब्लक विच्छाइएको हो ।

विथ्रि विल्डर्स कम्पनीले लमही नगर विकास समितिसंग आर्थिक वर्ष ०७८÷०७९ मा सम्झौता गरि मंसिर महिनाबाट काम सुरु भइ बैशाखमा सम्पन्न भएको हो । पूर्वपश्चिम महेन्द्र राजमार्गमा रहेको लमही नगर क्षेत्र घना बस्तीले भरिएको शहर हो । त्यसैले नगरवासीलाई खुला ठाउँमा आनन्द लिन हामीले त्यस्ता स्थानको संरक्षण र सदुपयोग गर्ने योजना अघि बढाएका हौँ, लमही नगर विकास समितिका सदस्य सचिव गेहेन्द्रबहादुर डाँगीले भने,–।

‘लमहीलाई हरियाली बढाउनुका साथै नगर क्षेत्रमा विभिन्न विकास योजनालाई पनि हामीले प्राथमिकतामा राखेका छौँ ।’ २४ कठ्ठा जग्ग्मा रहेको लमहीको सार्वजनिक बगैंचा परिसरमा प्रवेश गर्नको लागी चारवटा मुल गेट रहेका छन् । तत्काल बगैचाभित्र २७ हजार वर्गफिटमा इन्टरलक ब्लक विच्छाइएको छ । बगैँचा क्षेत्रभित्र सार्वजनिक कार्यक्रम हुदा मञ्च देखि अगाडि करिब तीन हजार मानिस जम्मा भएकाले उक्त क्षेत्रमा पक्की ब्लक विच्छाइएको हो, लमही नगर विकास समितिका सव–इन्जिनियर तुलसीराम अर्यालले भने,–। ‘अन्य क्षेत्रमा पनि थप बजेट विनियोजन गरि पक्की ब्लक विच्छाउने योजनामा ।’

उक्त बगैँचा क्षेत्रभित्र फलामको कुर्सी निर्माण गरिएको छ । ब्लक क्षेत्रमा करिक तीन हजार मानिस अट्ने र बगैँचाको दुईतर्फ रहेको कुर्सीमा करिब ६० जना मानिस अट्ने क्षमता रहेको छ । पछिल्लो समय यता लमहीको सार्वजनिक बगैँचालाई आधुनिक बगैँचाको रुपमा विस्तार गरिएको हो । लमही नगरबासीको योग तथा घुम्ने ठाउँको लागी राम्रो भएको छ । लमहीको सार्वजनिक बगैँचा थप सुन्दर देखिने थालेको लमहीका स्थानीय सुर्य केसीले बताउनुभयो ।

उनले लमही नगर विकास समितिबाट यो उदाहरणीय कार्य भएको बताए। उनले भने,–। ‘लमहीको सार्वजनिक बगैँचामा कुनै पनि सार्वजनिक कार्यक्रम गर्न परेमा सबैको रोजाइ बगैँचा क्षेत्रमा पर्ने गथ्र्यो, उक्त क्षेत्रमा धुलो र वर्षायाममा हिलाम्मे हुने समस्यो थियो । अहिले पक्की ब्लक विच्छाइपछि उक्त समस्या समाधान भएको छ ।’ पक्की ब्लक विच्छाएपछि स–साना केटाकेटी र सर्वसाधारण बगैँचामा रमाइलो गर्ने गरेका छन् । लमही नगर विकास समितिले बनाए पनि यो हामी सबैको सम्पत्ती हो, बगैँचाकोे संरक्षण, संवद्र्धन र सुरक्षामा सबै लाग्न जरुरी छ ।

लमहीमा कबडहल बनेपछि ‘ब्याडमिन्टन क्रेज बढ्यो’

नगर विकास समितिले गत माघ महिना देखि नै संचालनमा ल्याएको कबडहलमा एकै पटक तीनवटा समुह खेल्न सक्ने गरेको लमही नगर विकास समितिका सव–ईञ्जिनियर तुलसीराम अर्यालले जानकारी दिनुभयो । कबडहलमा अहिले दिनहुँ ८० जना खेलाडीले कोर्टमा ब्याटमिन्टन खेल खेलीरहेको छन् । एउटा कोर्टमा चारजना खेलाडी खेल्न सकिनेछ ।

कबडहल भित्र कार्यक्रम संचालनको लागि एउटा मञ्च स्थानीय समेत गरिएको छ । कबडहल भित्र महिला र पुरूषा शौचालय निर्माण गरिएको छ । कबडहल भित्रै क्यान्टिङ्को व्यवस्था गरिएको छ भने व्यवस्थित पार्किङको व्यवस्था रहेको छ । मासिक दशहजार दुईसय पचास रूपैयाँ लमही नगर विकास समितिलाई दिने गरि देउखुरी ब्याटमिन्टन क्लबले कबडहल पाँचवर्षको लागि ठेक्कामा लिएको समितिका सव–ईञ्जिनियर अर्यालले जानकारी दिए । शरिर स्वच्छ राख्नको निम्ति खेल्ने गरेको ब्याटमिन्टन खेलाडीहरुले बताउने गरेका छन् ।

कबडहल हुनुभन्दा पहिले खेलाडीहरु विभिन्न खाली स्थानमा अस्थायी कोर्ट बनाएर ब्याटमिन्टन खेल्दै आइरहेका थिए । लमहीमा कबडहल निर्माण भइसकेपछि अहिले त्यो समस्या पूर्णरुपमा अन्त्य भएको देउखुरी ब्याटमिन्टन क्लवका अध्यक्ष प्रदिप रानाले बताए । उनले पहिलेको तुलनामा खेलाडीहरुलाई कबडहरुल निर्माणपछि धेरै सहज भएको र यसले खोलाडीहरुलाई ब्याटमिन्टन खेलप्रति धेरै उत्साह थपेको बताए ।

रात्री खेलको लागि फोल्ड लाईट जडान

लमही नगर विकास समितिले निर्माण गरेको कबडहलमा ब्याडमिन्टन खेल दिनमा मात्रै नभएर रातीको समयमा पनि खेल्न सकिने छ । जसको लागि समितिले कबडहलमा दशवटा फोल्ड लाईट जडान गरेको हो । कबडहलमा दशवटा फोल्ड लाईट जडान गरिएको लमही नगर विकास समितिका सव-इञ्जिनियर तुलसी अर्यालले जानकारी दिनुभयो ।

यता लमही नगर विकास समितिका अध्यक्ष जोगराज चौधरीले नगर विकास समितिको लगानीमा भइरहेको विकास निर्माणको प्रगति र भावी योजना नियमित सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले विकास निर्माणका काममा सबै नगरवासीको सहयोग, समन्वय र सहकार्य पनि हामीलाई आवश्यक रहेको बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्