नगरपालिकाको फोहोर सामुदायिक वन भित्र

दाङ समाचार
दाङ समाचार ३ जेष्ठ २०८०, बुधबार
4 Min Read
Aa

दाङ – लमही नगरपालिकाले लामो समयदेखि अजम्मरी सामुदायिक वन क्षेत्रलाई फोहोर फाल्ने डम्पिङ साइट बनाएको छ । फोहोरमैला व्यवस्थापनको कुनै पनि योजना नबनाएर वन क्षेत्रमा फोहोर फाल्दा वातावरण दुर्गन्धित बनेको छ ।

वनको खुल्ला चौरमा छरपस्ट फालिएको सडेगलेका फोहोर खाँदा कैयौं जंगली जनावर मरेका छन् भने त्यहि फोहोरको थुप्रोमा कवाड खोज्न जानेह?ले आगो लगाई दिंदा आगो जंगल क्षेत्रमा फैलिएर क्षति पुगेको छ ।

फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले फोहोरमैला व्यवस्थापन नियमावली २०७० जारी गरे पनि दाङको लमही नगरपालिकाले भने कार्यान्वयन गरेको छैन ।

लमही बजार क्षेत्रका फोहोर नगरपालिकाले संकलन गरि जथाभावी वन क्षेत्रमा फाल्नाले वन क्षेत्रमा दुर्गन्ध बढेको हो । विभिन्न उद्योगबाट निस्किने फोहोर जथाभावी फ्याँकिने गरिएको छ । गल्ने र नगल्ने दुवै प्रकारका फोहोर नगरपालिकाले एकै स्थानमा डम्पिङ गर्दै आएको छ ।

सामुदायिक वनलाई के कति कारणले नगरपालिकाको फोहोर फाल्ने स्थल बनाइयो ? सामुदायिक वन उपभोक्ताह?ले यसको जवाफ नगरपालिकाले दिनु पर्ने बताउछन । मानव स्वास्थ्यमा नै असर पर्ने गरि राज्यले यस प्रकारको गलत कार्य गर्नु दुखको कुरा हो । रक्सीका बोतल, मेडिकलमा प्रयोग भएका सुई, सीसी, बोतल जथाभावी फालिएका छन् ।

लमही नगरपालिकाले बजार क्षेत्रको फोहोर जथाभावी फाल्ने गरेका कारण अजम्मरी सामुदायिक वन क्षेत्रमा दुर्गन्ध बढेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता मोतीराम खनालले बताउनुभयो ।

सामुदायिक वनमा फ्याँकिएकोे फोहोरको दुर्गन्धका कारण जैविक पार्क आसपास बस्न समेत समस्या भएको अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजालको भनाई छ । हामीले नगरपालिकालाई फोहोर अन्य स्थानमा संकलन गर्ने स्थल गराउनुस भनेर कैयौं पटक भनेका छौं तर नगरपालिकाले चासो दिएको छैन’– अध्यक्ष रिजालले भन्नु भयो ।

सामुदायिक वनको केहि क्षेत्रफलमा जैविक पार्क निर्माण गर्नका लागि संघ, प्रदेश सरकार र नगरपालिका आफैले लाखौँ वजेट विनियोजन गरेको छ तर सोहि स्थान नजिकै नगरपालिकाले फोहोरको डम्पिङ साइड बनाएको छ । जसका कारण जैविक पार्कमा प्रत्यक्ष असर परेको छ ।

फोहोर फाल्ने स्थानको दुर्गन्ध पार्क सम्म आउने गरेको छ, त्यहाँ घुम्न आउने पर्यटकह?ले समेत गुनासो पोख्ने गरेका छन् ।’ लमही नगरपालिकाले अजम्मरी सामुदायिक वन क्षेत्रभित्र गल्ने र नगल्ने फोहोर छुट्याउनका लागि भवन निर्माण गरेको छ । उक्त भवन प्रयोहविहिन हुँदा अलपत्र परेको छ । भवनले राम्रो स्याहार सुसार नपाउदाँ भवन दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । राज्यको लगानी खेर गएको स्थानीय सानु मैया घर्तीले बताउनु भयो ।

लमही नगरपालिका – ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदी (सागर) ले अजम्मरी सामुदायिक वन क्षेत्रमा फालिने फोहोरले वातावरण प्रधुशन भएको स्वीकार गर्नु हुँदै नगरपालिकाले फोहोर संकलन स्थल मानव बस्तिबाट टाढा राख्नु पर्ने बताउनु भयो । वन क्षेत्र भित्र रहेको फोहोर स–साना खोल्साको नजिक भएकोले वर्षायाममा बगेर फेरी किसानका खेतमा र बजार तिर बगाएर ल्याउने गरेकोले स्थानीयहरू पिडित बनेको बताउनु भयो । यसरी सामुदायिक वन भित्र फोहोर फाल्नु उचित हैन अब छुट्टै स्थानको विकल्प खोज्नु पर्ने देखिएको वडा अध्यक्ष सुवेदीको भनाई छ ।

बजार क्षेत्र वा अन्य क्षेत्रबाट निस्किएका विभिन्न किसिमका फोहोर जथभावी वन क्षेत्रमा लगेर फाल्नु गलत भएको डिभिजन वन कार्यालय दाङ (देउखुरी) का डिभिजनल प्रमुख राजु क्षेत्री बताउनु हुन्छ । यदि अजम्मरी सामुदायिक वनले लिखित कारवाही गर्दिनुस भनेर पत्र लेखेमा नगरपालिकालाई वन ऐन अन्तरगर्त कडा कारवाही हुने बताउनु भयो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्