झलनाथ खनालसँग अभद्र व्यवहार गर्ने ९ पक्राउ

दाङ समाचार
दाङ समाचार १७ जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सार्वजनिक कार्यक्रममै मञ्चबाट अभद्र व्यवहार गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सन्तोष राजावादीलगायत केही व्यक्तिले मंगलबार अनामनगरमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई मञ्चबाटै अभद्र व्यवहार गरेका थिए। राजावादीसहित ९ जनालाई पक्राउ गरेर सिंहदरबार प्रहरी वृत्तमा राखिएको प्रहरीले बताएको छ।

यद्यपि उनीहरुलाई के विषयमा मुद्दा चलाउने भन्नेबारे निर्णय भइसकेको छैन। मंगलबार भारतीय संसद्ले अखण्ड भारतको नक्सामा लुम्बिनीलाई समेटेको विरोधमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री खनाल, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, सिपी गजुरेललगायत सहभागी थिए।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्