देउखुरी बैंकर्सद्वारा बालबालिकालाई शैक्षिक सामाग्री प्रदान

दाङ समाचार
दाङ समाचार १७ जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

दाङ – सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देउखुरी बैंकर्स लमहीले आज गढवामा शैक्षिक सामाग्री वितरण गरेको छ । गढवामा रहेको जनता माध्यामिक विद्यालयमा प्राथमिक तहमा अध्ययनरत अति विपन्न तथा निम्न आय स्तर भएका बालबालिकाहरुलाई कापी ,किताब, झोला लगायतका सामाग्री प्रदान गरेको हो ।

देउखुरी बैंकर्स लमहीका अध्यक्ष छविलाल भण्डारीले सामाजिक उत्तरदायित्व कार्यक्रमले गरिव तथा विपन्न परिवारमा खुशि ल्याउनुका साथै शिक्षा प्राप्तिमा सहजहुने तथा आगामी दिनहरुमा यस्तै खाले विभिन्न कार्यक्रमहरु पुन: गर्ने योजना रहेको बताउनु भयो । विद्यालयका प्रधानाध्यापक रामसुरत यादवले देउखुरी बैंकर्स लमहीलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

देउखुरी बैंकर्स लमहीका अध्यक्ष छविलाल भण्डारीको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक रामसुरत यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन कार्यक्रम संयोजक तेज बहादुर नेपालीले गर्नु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्