करणीकाे प्रयास गरेकाे अभियाेगमा ५ जना पक्राउ, अनुसन्धान जारी

दाङ समाचार
दाङ समाचार २३ जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa

दाङ – दाङमा बालिकालाई जबर्जस्तीकरणी प्रयास गरेकाे अभियाेगमा प्रहरीले दुई नाबालक सहित पाँच जनालाइ पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा गढवा निवासी २ नाबालक सहित पाँच जना रहेका छन । गढवा गाउँपालिका- ६ निवासी १६ वर्षीय २ बालक , सोही वडाका १८ वर्षीय दिलशान अहमद, गढवा गाउँपालिका- ५ का २० वर्षीय सुहेल खान, कपिलवस्तु जिल्ला शिवराज नगरपालिका- ११ मैतहवा घर भई हाल गढवा गाउँपालिका- ६ बस्ने २० वर्षीय जाबेद भन्ने जाविद खान रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए ।

पक्राउ परेकाहरु माथि प्रहरीले जिल्ला अदालत दाङबाट म्याद थप गरि अनुशन्धान थालेको प्रवक्ता गौतमले जानकारी दिए । उक्त घटनामा संलग्न दुई जना फरार रहेको र उनीहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

राप्ती गाउँपालिका घर भएका एउटा १२ वर्षकी र अर्कि १४ वर्षकि बालिकालाई करणिकाे प्रयास गरेकाे उजुरी परेकाे थियाे । घटनाकाे सुक्ष्म ढंगले अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्