काठमाण्डौ – भैंसी चोरेर लग्दै गरेका एक जनालाई धनुषा प्रहरीले रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका – ७ तारापट्टी टोल बस्ने ३७ वर्षीय बली मुखिया रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिनु भयो ।
आइतबार राति मिथिला विहारी – ६ पथरा टोलस्थित स्थानीय सुबलाल यादवको गोठबाट २ वटा भैंसी चोरी भएको थियो। ति भैंसी चोर्ने उनी मुखिया प्रहरीको नियन्त्रणमा आए ।
यादवले इलाका प्रहरी कार्यालय धनुषाधाममा निवेदन दिएपछि प्रहरीको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा सोमबार चोरी भएको २ वटा भैंसीसहित मुखियालाई जनकपुरधामतर्फ आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रमुख खड्काले बताउनु भयो ।
पक्राउ परेका मुखिया उपर अनुशन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्