काठमाण्डौ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी र जनताको दुरी टाढा हुँदै गएको बताउनु भएको छ। डेमोक्रेटिक लयर्श एसोसिएशनको एघारौं महाधिवेशनको उदघाटन सत्रमा बोल्ने क्रममा नेता कोइरालाले यस्तो बताउनु भएको हो ।
जनतासँग जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता रहेको उल्लेख गर्दै उहाँले टाढिँदै जानु दुःखद भएको बताउनु भयो । ‘जनताको विचको स्थितिलाई सहि ढंगले जोड्न सकेनौँ भने हामीले हाम्रो औचित्य गुमाउदै जाने छौँ,’ उहाँले भन्नु भयो ।
राजनीतिकर्मीलाई आम नागरिकको कठघरामा उभिएर आफ्नो औचित्य प्रमाणित गर्न हम्मे हम्मे परेको समेत उहाँको ठम्याई छ ।
सभापतिसहित शेरबहादुर देउवा समेत सहभागी कार्यक्रममा कोइरालाले भन्नु भयो, ‘किन र के कारणले यस्तो अवस्था आयो ? म चाहन्छु एकपटक हामी सबै राजनीतिकर्मीले आत्मसमिक्षा र चिन्तन गर्नुपर्ने भएको छ ।’ पार्टी नेताहरु सुध्रिन तयार रहेको र पार्टी सुधार्ने प्रतिवद्धता कोइरालाले गर्नु भएको छ । #Onlinekhabar

प्रतिक्रिया दिनुहोस्