पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढ्न काँग्रेस सभापति देउवाको निर्देशन

दाङ समाचार
दाङ समाचार २७ जेष्ठ २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढ्न निर्देशन दिनु भएको छ ।

सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिवद्ध रहेको समेत बताउनु भयो । शनिबार नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली काँग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने जिकीर गर्नु भयो ।

सभापति देउवाले प्रजातन्त्रमाथि फेरी संकट आउन नदिने गरी काँग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान संचालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भयो । उहाँले भन्नु भयो, ‘अहिलेको बेला नेपाली काँग्रेस पार्टीलाई जिल्ला सम्मेलनमार्फत हरेक जिल्लामा हामीले पार्टीको संगठनलाई गाउँगाउँमा, घरघरमा, वडावडामा पुर्याएर यो पार्टीलाई मजदुत बनाउने काममा सबैलाई सफलता मिलोस भन्ने कामना गर्दछु । यसो गरियो भने पार्टीको देशभरी नै सगठन बलियो भएर जानेछ । #Newspolar

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्