जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार २८ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ – कालीकोटको शुभकालिका गाउँपालिका- ६ गविरामा गएराति लु१च ८४९८ नम्बरका जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका- ६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

दुर्घटनामा परेर जीप चालक शुभकालिका- २ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका- ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले- ३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिनु भयो ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनु भयो । ‘घटना मध्यराति भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन्’, प्रहरी प्रमुख रिमालले भन्नु भयो ,’जीपमा सवार तिनै जनाको मृत्यु भएको, देख्ने र घाइते अन्य नभएकाले पनि दुर्घटनाका कारण खुल्न सकेन।’

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्