दाङ – लमही नगरपालिका वडा नम्बर ५ बाट गएको एक टोलीले स्याङ्गजा जिल्ला वालिङ नगरपालिकाकाे सरसफाइ केन्द्र तथा दिशाजन्य लेदाे व्यवस्थापनकाे अध्ययन अवलोकन गरेको छ । लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी (सागर) काे नेतृत्वमा गएको टोलीले शुक्रबार अवलोकन गरेको हो ।
लमहीबाट गएको अध्ययन अवलोकन टोलीलाई वालिङ नगरपालिकाकाे सरसफाइ केन्द्रका संयाेजक भुपराप काफ्लेले प्लान्टका बारेमा जानकारी गराउनु भएको थियोे ।
दिसाजन्य लेदो व्यवस्थापनको लागि दाङको लमही नगरपालिकामा ट्रिटमेन्ट प्लान्ट निर्माणको योजना रहेको छ । जस अन्तर्गत लमही नगरपालिकाले ट्रिटमेन्ट प्लान्ट निर्माण गर्न दुई करोड बजेट विनियोजन समेत गरेको छ। लमही नगरपालिकाले ट्रिटमेन्ट प्लान्ट मार्फत लेदो व्यवस्थापनको काम अघि बढाउने लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी (सागर) ले बताउनु भयो ।
प्लान्ट बनाउन जग्गाको खोजी गरिरहेका थियौं त्यसपछि अजम्मरी सामुदायिक वन क्षेत्रभित्र जग्गाको व्यवस्था भएपछी सोहि स्थानमा प्लान्ट निर्माण गर्ने तयारी भइरहेको छ’- वडा अध्यक्ष सुवेदीले भन्नु भयो । अब प्रभावकारी ढंगले दिसाजन्य लेदो व्यवस्थापन हुन्छ । डिपिआर तयार भएको उहाँले जानकारी दिनु भयो ।
उक्त अध्ययन अवलोकन भ्रमण टोलीमा सहभागी हुनु भएका अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन रिजालले लमही नगरपालिकाले अव्यवस्थित रूपमा फाल्दै आएकाे फाेहाेरलाई वालिङ नगरपालिकाले गरेको कार्यको अनुशरण गर्दै गए थाेरै लागतमा काम गर्न सकिने बताउनु भयो । यो कार्यका लागि नगरपालिकासंग भिजन हुँ जरुरि रहेको बताउनु भयो ।
फाेहाेरलाई माेहाेर बनाउनका लागि वालिङ नगरपालिका सम्भवत नेपालमै नमुना काम गरेको पाइयो, यस्तै गरेर हाम्रो लमही नगरपालिकाले पनि कामको थालनी गरे राम्रै हुन्थ्यो’- भ्रमण टोलीमा रहनु भएका युवा व्यवसायी तथा लमही बजार टाेल विकास संस्थाका उपाध्यक्ष शशीराम नेपालीले बताउनु भयो ।
उनले यसरी यस नगरपालिकाकाे फाेहाेर व्यवस्थापन तथा दिशाजन्य लेदाे व्यवस्थापन साच्चैनै उदाहरणीय कार्य हाे, याे कार्यलाई हेर्दा लमही नगरपालिकाले पनि सहजै रूपमा गर्न सक्छ । मानव बस्तीकाे नजिकै भएतापनि वालिङ नगरपालिकाले गरेको लेदाेजन्य व्यवस्थापनमा कुनै मानव स्वास्थ्यलाई असर नपर्ने अत्याधुनिक प्रविधिबाट लेदाेजन्य व्यवस्थापन गरिएकाे छ ।
लमहीले २०७५ पुस १० गते परियोजना सञ्चालनमा सम्झौता गरेको थियो । ट्रिटमेन्ट प्लान्ट निर्माण भएमा दिसाजन्य फोहरलाई मलको रुपमा प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्