काठमाण्डौ – जिल्ला प्रहरी कार्यालय धनुषाले चोरीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय राजेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
आज बिहान करिव २ बजेको समयमा जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका – १२ हनुमान नगरबाट स्थानीयको सहयोगमा मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
हनुमाननगर प्रहरी चौकीबाट सादा पोशाकमा खटिएको बिशेष टोलीद्वारा मोवाईल २ थान, २ हजार नेपाली र ८७० भारतीय रुपैयाँ, चाँदीको पाउजु २ थान, कानमा लगाउने १ थान मुन्द्रा र १ थान पर्स सहित मण्डललाई चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेका मण्डल माथि थप अनुशन्धान भैरहेको धनुषा प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्