भन्सार छलेर नेपाल ल्याउदै गरेका कुखुरा धनुषा प्रहरीद्वारा नियन्त्रण

दाङ समाचार
दाङ समाचार २८ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

काठममाण्डौ– जिल्ला प्रहरी कार्यालय धनुषाले अवैध रुपमा भन्सार छलेर नेपाल ल्याउदै गरेका १२० वटा कुखुरा नियन्त्रणमा नियन्त्रणमा लिएको छ ।

आज आइतबार दिउँसो साढे तीन बजेको समयमा धनुषाको सबैला नगरपालिका – ४ बधवनबाट पटेर्वा तर्फ जादै गरेको प्र.२-‍०२-००३ प ६४८८ र ग ३ प ७३६४ नम्बरको मोटरसाइकलमा राखेर ल्याउदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।

दुईवटा मोटरसाइकलमा राखेर ल्याएका एक लाख बहत्तर हजार बारबरका कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आजै जिल्ला पशु क्वारेन्टाईन कार्यालय धनुषामा पठाइएको प्रहरी प्रमुख खड्काले बताउनु भयो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्