सबै तहमा दुरसञ्चारको सेवा पु¥याउने राष्ट्रिय संकल्प – मन्त्री शर्मा

दाङ समाचार
दाङ समाचार ३२ जेष्ठ २०८०, बिहीबार
2 Min Read
Aa

दाङ–सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दुरसञ्चारको गुणस्तरीय सेवा पु¥याउन मन्त्रालय प्रतिबद्ध भएको बताएकी छिन् । सन् २०२३ सम्म सबै तहमा दुरसञ्चारको सेवा पु¥याउने राष्ट्रिय संकल्प रहेको र सो अनुसार काम भइरहेको जानकारी दिइन ।

लमहीमा लुम्बिनी प्रदेश स्तरीय दुरसञ्चारको वर्तमान अवस्था र गुणस्तर सम्वन्धमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाइ सम्वोधन गर्दै गुणस्तरीय सेवा अहिलेको मुल आवश्यकता भएको बताइन । ‘पर्यटनलाई सूचना प्रविधिबाट जोड्न सकौं, विद्यालय, स्वास्थ्य संस्था सबै निकायलाई गुणस्तरीय सूचना प्रविधि संग जोड्न सक्यौं भने मुलुकले फड्को मार्छ’उनले भनिन्,‘हामी सबैको ध्यान भनेकै गुणस्तरीय सेवा हो, उपभोक्ताको सन्तुष्टी हो, गुनासो सुनुवाई हो ।’

दुरसञ्चारको सेवालाई प्रभावकारी बनाउन उपभोक्ताको गुनासो सम्वोधन अनिवार्य सर्त भएको बताइन । ७ वटै प्रदेशका विचमा गुनासो सम्वोधनको विचमा प्रतिस्पर्धा जरुरी रहेको बताउदै उपभोक्तालाई सन्तुष्ट बनाउनुनै पहिलो जिम्मेवारी हुने जानकारुी दिइन् ।

पूर्वपश्चिम राजमार्गलाई नेटवर्क संग जोड्ने निर्णय भइसकेको भन्दै राजमार्गमा यात्रा गर्दा टेलिफोन र ईन्टरनेटको पहुँचभन्दा बाहिर रहनु नपर्ने बताइन । सूचना प्रविधि कुनै समय मनोरञ्जन र विलासीताको साधनको रुपमा चित्रण गरिने भएपनि अहिले अनिवार्य आवश्यकता भित्र परेको बताइन ।

सामाजिक उत्तरदायित्वको कार्यक्रमको मोडेलनै परिवर्तन गरेर दुरदराजका वस्तीमा सेवा पु¥याउने कार्यक्रमलाई समावेश गर्नुपर्ने बताइन । कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारायणी शर्माले सबै ठाउँमा टेलिफोन र ईन्टरनेटको पहुँच पुग्नुपर्ने बताउनु भयो । उहाँले दुरदराजका वस्तीमा अझैं पनि फोन र ईन्टरनेट पुग्न नसकेको भन्दै ध्यानाकर्षण गराइन् ।

नेपाल दुरसञ्चार प्राधिकरणले दुरसञ्चारको वर्तमान अवस्था र गुणस्तर सुधारका बारेमा प्रदेश स्तरीय कार्यक्रम गर्दै आएको छ । अव दुई वटा प्रदेशमा कार्यक्रम गर्न बाँकी रहेको छ । दुरसञ्चारको सेवालाई प्रभावकारी बनाउनेगरी उपभोक्ताको गुनासो सम्वोधन गर्नेगरी अघि बढेको दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्