प्रधानन्यायाधीशमा कार्की, आजै कार्यभार सम्हाल्ने

दाङ समाचार
दाङ समाचार १ असार २०८०, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ– सुनुवाइ समितिबाट अनुमोदित भएका हरिकृष्ण कार्की शुक्रबार प्रधानन्यायाधीशमा नियुक्त भएका छन्। संसदीय सुनवाइ सम्पन्न भई संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको पत्र पुगेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयले शुक्रबार सवा पाँच बजे कार्कीको शपथ कार्यक्रम तय गरेको छ। सर्वोच्चका प्रवक्ता विमलप्रसाद पौडेलका अनुसार शपथग्रहणपछि प्रधानन्यायाधीशका रूपमा कार्कीले बिहीबार साँझ सर्वोच्च अदालत पुगी पदभार ग्रहण गर्नेछन्।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्