मगर समुदायले भूम्या पर्व धुमधामका साथ मनाउँदै

दाङ समाचार
दाङ समाचार १ असार २०८०, शुक्रबार
1 Min Read
Aa

दाङ – मगर समुदायको बाहुल्यता भएका जिल्लाहरुमा आज भूम्या पर्व मनाईदै छ । त्यस्तै रोल्पाको थबाङ, सुनछहरी गाउँपालिका र रुकुमका विभिन्न गाउँहरुमा यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । यो पर्वमा विशेषगरी जमिनको पूजा गरिन्छ ।

त्यस्तै भूम्या पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले रोल्पा र रुकुममा आज सार्वजनिक बिदा समेत दिएको छ । भूमि देवता खुसी भए प्राकृतिक विपत्ति बेहोर्न नपर्ने विश्वासकासाथ यो पर्व मनाउने गरिन्छ ।

यस्तै यो पर्वमा युवायुवतीदेखि बुढाबुढीसम्म एकैचोटी धेरै जना नाच्न सकिने नोको बाङ्गे नाचको पनि आयोजना गरिन्छ । वसन्त ऋतुमा विवाह गर्ने जोडीको दाम्पत्य जीवन सधैँ सुखी हुने धार्मिक संस्कारलाई कायम राख्न भूम्या पर्वको सुरुवात गरिएको मगर समुदायका अगुवाहरु बताउँछन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्