दाङ – शनिबार दिउँसो देउखुरीमा एक घर जलेर नष्ट भएको छ । राप्ती गाउँपालिका -९ लामाखाेलाका कुविर घर्ती मगरको एक तले फुसले छाएको घरमा आगलागी भएको हाे।
घर नजिकै रहेको वनबाट आएको आगाे घरमा सल्कदा साे घट्ना भएको वडा नम्बर -९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले जानकारी दिनु भएको छ।
मध्यान्ह १२ बजे तिर लागेको आगाे स्थानीयको सहयोगमा घरमा लागेको आगो एक घण्टा पछि नियन्त्रणमा आएको थियो । आगो नियन्त्रण आए पनि घर भित्र रहेका अन्नपात, लत्ताकपडा लगायतका सामाग्रीहरु पूर्ण रुपमा जल्दा अन्दाजी ३ लाख बराबरको क्षति भएको पिडीत घर्तीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्