मनि ट्रान्सफर तोडफोड गरि सामान चोर्ने २ जना पक्राउ

दाङ समाचार
दाङ समाचार ६ असार २०८०, बुधबार
1 Min Read
Aa

काठमाण्डौ -जिल्ला प्रहरी कार्यालय धनुषाले चोरीका सामान सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हंसपुर नगरपालिका- ९ रुदौली बस्ने बर्ष २० को जिवन ठाकुर र सुगानिकास बस्ने बर्ष २१ को अजय महरा रहेको जिल्ला प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिनु भयो ।

ठाकुर र महरालाई हंसपुर नगरपालिका- ९ बालगंगा चौककै राजेश्वर मण्डलले संचालन गरेको IME एक्सप्रेस रेमिटान्सको कोठामा वाल फोडी पसल भित्र रहेको एक थान ल्याप्टप एक थान किबोर्ड, एक थान सानो प्रिन्टर फोटो मेसिन चोरी गरेको आरोप लागेको थियो ।

पिडितले दिएको उजुरीका आधारमा प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा सोहि ठाउँ नजिकै पशु विकासको पुरानो भवन भित्र खाल्टो खनी लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले सामान बरामद गरेको थियो ।

पक्राउ परेका ठाकुर र महरालाई चोरी मुद्दा शिर्षकमा म्याद थप गरि अनुसन्धान भईरहेको धनुषा प्रहरीले बताएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्