ट्याक्टर सहित १ जना धनुषा प्रहरीको नियन्त्रणमा

दाङ समाचार
दाङ समाचार ७ असार २०८०, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – चोरी गरी लगेको ट्याक्टर सहित जिल्ला प्रहरी कार्यालय धनुषाले १ जनालाई नियन्त्रणमा लिएको छ । धनुषा धनुषाधाम नगरपालिका- ५ निवासी वर्ष २६ को धर्मेन्द्र कुमार साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।

आज बिहिबार अपरान्ह ३ बजेको समयमा जिल्ला धनुषा धनौजी गाउँपालिका- ३ निवासी फिरोज साहुले आफ्नो घर अगाडी पार्किङ गरी राखेको ज १ त ८६९१ नं. ट्रयाकटर चोरी भएको भन्ने प्रहरीमा निवेदन गरेपछि धनुषा प्रहरीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- ८ दिगम्बरपुरबाट चोरी भएको ट्याकटर र ट्रयाकटर चालक जिल्ला धनुषा धनुषाधाम नगरपालिका- ५ निवासी वर्ष २६ को धर्मेन्द्र कुमार साहलाई नियन्त्रण लिन सफल भएको हो।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्