देशकै ठूलो पार्टी बनोस भन्ने जनताको चाहाना छ- सभापति पाठक

दाङ समाचार
दाङ समाचार ८ असार २०८०, शुक्रबार
2 Min Read
Aa

दाङ – राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश सभापति देवराज पाठकले देशकै ठूलो र पहिलो पार्टी बनोस भन्ने आम जनताको चाहाना भएको बताउनु भयो । उहाँले छोटो समयमा जनताले दिएको अगाध मायालाई आत्मसात गरेर अगाडी बढ्ने पनि बताउनु भयो ।

आज लमहीमा पत्रकारसंग कुराकानी गर्दै सभापति पाठकले देशको आर्थिक र भौतिक विकासको समेत अपेक्षा गर्दै जनताले रास्वपालाई देशको चौथो शक्तिका रुपमा स्थापित गरेको बताउनु भयो । आगामी निर्वाचनमा जनताले देशकै ठूलो र पहिलो पार्टी होस भन्ने चाहेको उहाँको बुझाई छ ।

वैकल्पिक शक्तिका रुपमा उदयमान भएको पार्टी रास्वपालाई ठुला दलहरुबाट घेराबन्दी हुने काम भएको उहाँको आरोप छ । रास्वपाका नेताहरुलाई पटकपटक अनाहकमा दु:ख दिने, आक्रमण गर्ने, बदनाम गराउने, जनतालाई भ्रमित पार्ने र तथ्यहिन कुरा बजारमा ल्याउने सम्मका हर्कत भएको भन्दै त्यस्ता गलत कुराको पछि नलाग्न कार्यकर्ता तथा शुभचिन्तकलाई उहाँले आग्रह गर्नु भएको छ ।

प्रदेश स्तरीय दोस्रो पूर्ण बैठक सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश स्तरीय दोस्रो पूर्ण बैठक आज शुक्रबार लमहीमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सभापति देवराज पाठकको सभापतित्वमा बैठक सम्पन्न भएको हो ।

पार्टीका महामन्त्री निलराज अधिकारीले संगठन प्रतिवेदन, केन्द्रीय संगठन विभाग सदस्य गणेश पौडेल तथा विभागीय प्रमुखहरुले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रदेश स्तरीय बैठकमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्