लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रम सम्पन्न

दाङ समाचार
दाङ समाचार ११ असार २०८०, सोमबार
1 Min Read
Aa

दाङ – ३६ औं लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रम लमहीमा पनि मनाईएको छ । केयर भिजन सुधार गृह लमहीको आयोजना तथा देउखुरी पब्लिक स्कुल र वडा प्रहरी कार्यालय लमहीको समन्वयमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरीक्षक बिष्णु बहादुर केसीले लागु औषधको बारेमा उपस्थित सबैलाई जानकारी गराउनु भएको थियो ।

३ महिना देखि जन्म कैद सम्मको सजाय लागु औषधमा संलग्न ब्यक्तिहरुलाई हुन सक्ने र एक लाख रुपैयाँ सम्म जरिवाना वा दुबै सजायको प्रावधान समेत रहेको उहाँले बताउनु भयो। कुनै कुनै देशहरूमा त लागु औषधका केसहरुमा मृत्युदण्डको समेत व्यवस्था रहेको पनि केसीको भनाई छ ।

त्यस्तै देउखुरी पब्लिक स्कुलका शिक्षक तथा केयर भिजन सुधार गृहका काउन्सिलर दिपक खनालले लागु औषधको परिभाषा, यस्को प्रयोगले समाज तथा परिवारमा पार्ने नकारात्मक असर र स्वंय ब्यक्तिमा पार्ने गम्भीर असरका बारेमा चर्चा गर्नु भएको थियो । लमही नगरपालिका- ६ का वडा सदस्य मन्दरी रसाइलीले बाल बच्चा उमेर देखिनै जाँडरक्सी, चुरोट,बिडी, खैनी जस्ता दुर्व्यसनीबाट टाढा रहन आग्रह गर्नु भयो ।

कार्यक्रममा केयर भिजन सुधार गृहका अध्यक्ष गिरीराज शर्मा, प्रहरी कर्मचारी तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्