बकर इदकाे अवसरमा असार १४ गते सार्वजनिक बिदा

दाङ समाचार
दाङ समाचार १२ असार २०८०, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ – सरकारले बकर इदको अवसरमा यही असार १४ गते सार्वजनिक बिदा दिने भएकाे छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरीबकर इदको अवसरमा असार १४ गते बिहीबार सार्वजनिक बिदा दिने जानकारी दिएकाे हाे ।

ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्