औषधि व्यवसायीहरुका लागि एक दिने तालिम सम्पन्न

दाङ समाचार
दाङ समाचार १७ असार २०८०, आईतवार
1 Min Read
Aa

दाङ – औषधि व्यवसायीहरुका लागि एक दिने तालिम शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा दाङको आयोजना तथा नेपाल नेत्रज्योति संघ रक्षाचौर तुलसीपुरको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा दाङका अध्यक्ष बिष्णु प्रसाद पौडेलले जानकारी दिनु भयो ।

नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा दाङको आयोजना तथा नेपाल नेत्रज्योति संघ रक्षाचौर तुलसीपुरको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा जिल्लाभरका ६० जना औषधि व्यवसायीहरुको सहभागिता रहेको थियो ।

नेपाल नेत्रज्योति संघ रक्षाचौर तुलसीपुरका दृष्टि विशेषज्ञ डाक्टर ओम प्रकाश यादवले प्रशिक्षण दिनु भएको थियो । नेपाल औषधि व्यवसायी संघ दाङका अध्यक्ष बिष्णु प्रसाद पौडेलको अध्यक्षता तथा केन्द्रीय सदस्य प्रकाश श्रेठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको एक दिने तालिमको सहजीकरण सचिव सुनिल कुमार रेग्मीले गर्नु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्