लुम्बिनी प्रदेशसभा: १ घण्टाका लागि बैठक स्थगित

दाङ समाचार
दाङ समाचार १८ असार २०८०, सोमबार
1 Min Read
Aa

दाङ-लुम्बिनी प्रदेशसभा बैठक एक घण्टाका लागि स्थगित भएको छ। बजेटकाे विषयमा सैद्धान्तिक छलफलकाे लागि डाकिएकाे बैठकमा एमालेले पुन: विराेध जनाएपछि एक घण्टाकाे लागि बैठक स्थगित गरिएको हाे। एमाले प्रमुख सचेतक तुलसीप्रसाद चाैधरीले हचुवाकाे भरमा बजेट निर्माण गरेकाले पास हुन नदिने अडान राखे।

त्यसपछि एमालेका सांसदहरूले ‍विराेध जनाएपछि सभामुख तुलाराम घर्तीले एक घण्टाकाे लागि बैठक स्थगित गरिएको जानकारी दिए। विपक्षी दल बजेटकाे कडा आलाेचनामा उत्रिएको छ भने सत्तापक्ष बजेट बहुमतले पास गर्ने रणनीतिमा छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्