गोरखाले ल्यायो देउखुरीमै उत्कृष्ट नतिजा, ६ जनाले लिए ए प्लस

दाङ समाचार
दाङ समाचार २१ असार २०८०, बिहीबार
1 Min Read
Aa

दाङ – माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार आज सार्वजनिक भएको छ । लमहीको गोरखा मोडेल सेकेण्डरी स्कुलले सतप्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको छ ।

६ जनाले ए प्लस ल्यौउदै देउखुरीकै उत्कृष्ट विद्यालय बनेको छ । विद्यालयमा अध्ययनरत १ सय ३४ जना छात्र छात्रा सबै राम्रो ग्रेडमा उतिर्ण भएको विद्यालयका प्राचार्य लोकमान रिजालले बताउनु भयो ।

जस मध्ये ६ जनाले ए प्लस, १७ जनाले ए, ४० जनाले वि प्लस, ३२ जनाले वि, ३४ जनाले सि प्लस र ५ जनाले सि ग्रेड लिएको प्राचार्य रिजालले जानकारी दिनु भयो ।

सतप्रतिशत विद्यार्थी उतिर्ण हुनुमा शिक्षक र विद्यार्थीको मेहनत, अभिभावकको लगानी शुभ चिन्तकहरुको सल्लाह सुझाव, माया हौसलाले गर्दा शिक्षा क्षेत्रमा राम्रो गरिरहेको प्राचार्य रिजालको भनाई छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्