सौतेनी आमाको हत्या आरोपमा एक जना पक्राउ

दाङ समाचार
दाङ समाचार २४ असार २०८०, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – सौतेनी आमा हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको वेतिया जिल्ला नरकटियागंज थाना केयुनिया घर भई जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका- ४ स्थित अशोक जैसवालको घरमा डेरा गरी बस्ने वर्ष १९ को प्रेम कुमार भगत भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।

यहि असार २३ गते दिउँसो सवा तीन बजेको समयमा प्रेमकी सौतेनी आमा शरीरमा आगो लागि मृत अवस्थामा रहेको भन्ने प्रहरीलाई खबर पुगेको थियो। खबर पाए लगत्तै घटनास्थलमा प्रहरी पुगी अनुसन्धान थालेको थियो। सोधपुछका लागि प्रेमलाई प्रहरीले नियन्त्रणमा लिएपछि घटना बाहिर आएको थियो। प्रहरी नियन्त्रणमा रहेका प्रेममाथि थप अनुशन्धान भैरहेको धनुषा प्रहरीले बताएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्