दाङ – जंगली च्याउ खाँदा दुई जना बिरामी परेका छन् । शुक्रबार जंगलमा भेटाएको च्याउ पकाएर खाँदा बंगलाचुली गाउँपालिका- १ स्युजाका ३८ वर्षीया यमाकुमारी कवर वली र उनका १२ वर्षीय छोरा यकिन वली बिरामी परेका हुन् ।
पेट दुख्न थालेपछि दुबैलाई प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा लगिएको थियो । पछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको बंगलाचुली गाउँपालिका- १ वडाध्यक्ष विष्णु कुवँरले जानकारी दिए । बिरामी दुवैको प्रादेशिक अस्पतालमा उपचार भइरहेको वडाध्यक्षका कुवँरले बताए ।

प्रतिक्रिया दिनुहोस्