काठमाडौं – सरकारले इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमले पत्रकार सम्मेलनमार्फत पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेर क १६१.५०, ख १६३ र ग १६४ रुपैयाँमा झरेको जनाएको छ ।
त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँ घटाइएको छ भने एलपी ग्यासमा १० रुपैयाँ घटेको छ । डिजलको नयाँ मूल्य क १४३.५०, ख १४५ र ग १४६ रूपैयाँ पुगेको छ । साथै, एलपीजीको नयाँ मूल्य १७९० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्