मुक्त कमैयालाई रोजगारमा जोड्दैछौं – मन्त्री मास्की

दाङ समाचार
दाङ समाचार २ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेशका अर्थमन्क्री धनबहादुर मास्कीले मुत्त कमैयालाई राजगारीमा जोड्नकालागि बजेट बिनियोजन गरेको बताउनुभएको छ । आज परेको २३ औं मुक्ती दिवसका अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै कमैयालाई रोजगारीमा जोड्नकालाग प्रदेश सरकारले बजेट बिनियोजन गरेको बताउनुभयो ।

उहाँले कमैयाको मुक्ती भएपनि उचित ब्यबस्थापन हुन नसक्नु दुःखद रहेको भन्दै त्यसतर्फ प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । लुम्बिनी प्रदेश भित्र धेरै पूर्व कमैयाहरु रहेको भन्दै उनीहरुको उचित ब्यबस्थापनमा सरकार दत्तचित्त भएर लागेको समेत उहाँको भनाई छ । २०४७ साल साउन २ गते कमैया मुक्ती घोषणा गरिएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्