दाङ – करेन्ट लागेर देउखुरीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका –३ मिलन चोक निवासी रुपनी चौधरी रहेकी छन् ।
करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्