दाङ – चट्याङ लागेर एक जना वडा सदस्यको निधन भएको छ । चट्याङमा परेर सुनछहरी गाउँपालिका वडा नं. ३ रोल्पाका दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।
मृतक घर्तीमगर आफ्नो कान्छो भाईको घरमा सुतेको बेला चट्याङमा परेको प्रहरीले जनाएको छ । त्यस्तै सुनछहरी गाउँपालिका वडा नं. २ मा परेको चट्याङमा परेर एक वृद्ध महिला र अर्का बालक समेत घाइते भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्