मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

दाङ समाचार
दाङ समाचार ११ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

दाङ– दाङमा बुधबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ गइरहेको रा ४ प ५६०७ नम्बरको मोटरसाइकलले पूर्व-पश्चिम राजमार्गअन्तर्गत नर्तीमा ठक्कर दिँदा सोही ठाउँ निवासी करिब ४० वर्षीय सन्तु चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय, लमहीका प्रहरी प्रमुख शंकर श्रेष्ठले जानकारी दिए।

गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ।ठक्कर दिने मोटरसाइकल चालक लमही नगरपालिका-२ वनकट्टा निवासी सुरेश चौधरीलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको छ।

ठक्कर दिएपछि मोटरसाइकल चालक भागेका थिए। मृतक चौधरीको शवलाई लमही अस्पतालको शव गृहमा राखिएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्