शान्ति सुरक्षामा खलल पुर्याउन खोज्नेलाई पानीमुनि गएपनि छोड्दैन – एसपी खड्का

दाङ समाचार
दाङ समाचार ३ भाद्र २०८०, आईतवार
2 Min Read
Aa

दाङ – जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जिल्लाको शान्ति सुरक्षामा खलल पुराउन खोज्ने, गुण्डागर्दी गरि उत्पात मच्चाउने खोज्ने जोकोहीलाई पानीमुनि गएपनि नछोड्ने बताउनु भयो । शनिबार संचारकर्मीसंग कुराकानी गर्दै एसपी खड्काले भन्नु भयो ‘समग्र जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने कुरामा म लगायत मेरो युनिट सदैव होशियार हुन्छ, यो कुरा सबैलाई जानकारी गराउन चाहान्छु’-।

खड्काले भन्नु भयो ‘कुनै गुनासा भए, हाम्रै प्रहरीबाट पनि केहि कमजोरी हुन् सक्छन त्यस्तो भएको खण्डमा तुरुन्तै जिप्रका धनुषामा सम्पर्क गर्नु होला’- खड्काले भन्नु भयो । समाजमा हुने विभिन्न खालका अपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न प्रहरीको मात्र नभएर सबैको दायित्व हो, त्यस कुरालाई सबैले आत्मसाथ गरे मात्र समाज सहि मार्गमा हिड्छ’- उहाँले भन्नु भयो । शान्ति सुरक्षामा खलल पुर्याउने, जनतालाई त्रसित गराउने तथा अवान्छित गतिविधिमा संलग्नहरुले बेलैमा सोचे हुन्छ, धनुषा जिल्लामा एसपी विश्व खड्का छ, पानी मुनि गए पनि छोड्ने वाला छैन’- खड्काले भन्नु भयो ।

एसपी खड्का जिप्रका धनुषाको प्रमुख भएदेखि जिल्लामा विगतदेखि हुने थुप्रै गलत कामहरु रोकिएका छन। गलत काम गर्ने संग कुनै सम्झौता नगरेर आक्रामक शैलीमा प्रस्तुत हुनु हुने खड्का कर्तव्यनिष्ठ प्रहरी अधिकृतका रुपमा परिचित हुनुहुन्छ । जिल्लामा हुने छोरि, तस्करी, गुण्डागर्दी, लुटपाट, हत्या आतंक जस्ता जघन्य अपराधमा संलग्नहरुको साटो खानु भएको छ, ति अपराधिक क्रियाकलाप गर्नेहरु अहिले भागाभागको अवस्थामा रहेको धनुषाबासीको भनाई छ ।

पछिल्लो समय देशमा व्याप्त रहेको मिटर व्याजी पिडितका पक्षमा एसपी खड्काले निकै महत्वपूर्ण भूमिका खेलेको मिटरव्याजी पिडितहरुको भनाई छ । एसपी खड्काको सक्रियतामा मिटर व्याजी पीडकलाई कारबाही भएको छ भने कसैको जग्गा फिर्ता भएको छ, कसैको अलग भएको परिवारविच मिलन भएका छन, यस्ता उदाहरनिय कार्य जिल्लामा थुप्रै भएका छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्