दाङ – देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले उद्योगी, व्यवसायीहरुलाई पलायन हुनबाट जोगाउन बिशेष अभियान चलाइने बताउनु भएको छ । पदभार ग्रहण गर्दै उहाँले व्यवसायीहरुको समस्या समाधान गर्न घरभेट गर्ने, प्रशिक्षण र मनोसामाजिक परामर्शका अभियान पहिलोचरणमा चलाइने बताउनु भयो ।

‘व्यवसायबाट पलाउन भएका र हुन खोजेका उद्योगी व्यवसायीको विवरण संकलन गरेर उहाँहरुलाई भेट गर्छौं’ उहाँले भन्नुभयो,‘उहाँहरुसंगको भेटनै समाधानको पहिलो खुट्किलो हो ।’ व्यवसायीक एकता र सहकार्यको भावनालाई बढाउदै अघि बढ्ने बताउनु भयो । स्थानीय, प्रदेश र केन्द्र सरकार संग सहकार्य गरेर अघि बढ्ने पनि बताउनु भयो ।

१२ औं अधिवेसनबाट अध्यक्ष कमलजंग सिंह ठकुरी, उद्योग उपाध्यक्षमा केशबराज पोख्रेल, बाणिज्य उपाध्यक्षमा केशव घिमिरे, महासचिवमा ईश्वर प्रकाश श्रेष्ठ, सचिवमा गणेश घिमिरे, कोषाध्यक्षमा हरिबहादुर थापा, सदस्यहरुमा अकबर अलि, भिष्मराज गैरे, शिवचन्द्र घिमिरे, लुमाकान्त बोहरा, गोबिन्दप्रसाद पुलामी, महिला सदस्यमा शारदा सुवेदी र खुसविरन निशाले शपथ लिनु भएको छ ।

यस्तै वर्तमान कार्यसमितिलाई पूर्णता समेत दिइएको छ । सदस्यमा सुन्दर केसी र थम्मन चौधरी, सल्लाहकारहरुमा अनिलकुमार मन्त्री, शोभाखर अर्याल, बावुराम भुसाल, शान्ता खनाललाई मनोनित गरिएको छ । यस्तै कानूनी सल्लाहरमा बसन्तकुमार भण्डारीलाई मनोनित गरिएको हो ।

निर्वाचन मण्डलका संयोजक लिलाराम खनालले नव निर्वाचित अध्यक्ष कमलजंग सिंह ठकुरीलाई शपथ खुवाउनु भएको थियो भने अध्यक्ष ठकुरीले आफ्ना कार्यसमितिका पदाधिकारी, सदस्य र सल्लाहकारलाई शपथ खुवाउनु भएको थियो ।
देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालको अध्यक्षता तथा लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सदस्य सहाना श्रेष्ठको स्वागत मन्तव्य रहेको थियो भने कोषाध्यक्ष जागेश्वर बसेलले सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्