दाङ– कोशी प्रदेश स्तरीय सफ्ट टेनिस प्रतियोगिता आज बुधबारदेखि सुरु भएकाे छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेश सरकारको आयोजना तथा मोरङ जिल्ला सफ्ट टेनिस संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
आज भएकाे पहिलाे उद्घाटन खेलमा अभिषेक अमन झाले ४-१ काे सेटमा अमित कार्कीलाई हराउदै क्वाटर फाईनलमा जानु भएकाे छ । त्यस्तै आभास बुढाथोकीले ४-० काे सेटमा विश्वास सिंहलाई हराउदै क्वाटर फाईनलमा जानुभएकाे छ।
त्यस्तै श्रेया राईले ४-० ले मुस्कान मुन्दालाई हराउदै क्वाटरफाईनलमा पुग्नु भएकाे जिल्ला सफ्ट टेनिस माेरङका अध्यक्ष श्याम लामाले जानकारी दिनु भयाे । १८ गतेसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशका ३० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने अध्यक्ष लामाको भनाई छ ।
प्रतियोगिताको बुधबार प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्लेले उद्घाटन गर्नु भएकाे थियाे । उद्घाटन गर्दै वाग्लेले राज्यले खेलमा अहिले लगानी बढाएकाे बताउनु भयाे ।
वाग्लेले भन्नु भयाे खेलाडीको भविष्यका बारेमा राज्य पहिले पनि चिन्तित थियाे खेलाडीहरुलाई कसरी खेल जीवनमा रहिरहने वातावरण बनाउन सकिन्छ भन्ने परिकल्पना गर्दै रणनैतिक रुपमै राज्य अगाडी बढाएको बताउनु भयाे । प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका कोशी प्रदेशका आधा दर्जन बढी खेलाडीहरू सहभागिता हुदैछन।

प्रतिक्रिया दिनुहोस्