मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किदा देउखुरीमा एक जनाको ज्यान गयो

दाङ समाचार
दाङ समाचार १० कार्तिक २०८१, शनिबार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका – ७ नयाँ बस्तीमा मोटरसाइकल र ट्याक्टर एकापसमा शुक्रबार राति ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक लमही नगरपालिका -४ भैन्सकोर्मा निवासी ३१ वर्षीय हेमन्त चौधरी रहेका छन् ।

सतबरियादेखि गएराती अन्दाजी ८:४५ बजेतिर लु ३१ प ४१५४ नम्बरको मोटरसाइकलमा सवार भएर लमही जाने गर्ने क्रममा नयाँ बस्तीमा सोही दिशा तर्फ जादै गरेको भे १ त ४१५६ नम्बरको ट्याक्टरसंग एकापसमा ठोक्किएर गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिनु भएको छ ।

मोटरसाइकल चालकलाई ठक्कर दिएर फरार रहेका ट्याक्टर चालक लमही नगरपालिका -७ बस्ने वर्ष ४२ का शोभाराम चौधरीलाई प्रहरी नियन्त्रणमा लिएर अहिले आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्