दाङ– भालुवाङमा बालिका बलात्कार गरेकाे आराेपमा पक्राउ परेका शसस्त्र प्रहरी जवान रेवन पचभैयामगरले प्रहरीकाे हिरासत कक्षमै आत्माहत्या गरेका छन् ।
गत असाेज २४ गते दाङकाे भालुवाङमा बालिका बलात्कार आराेप लागेका सशस्त्र प्रहरी जवान पचभैया मगरले आज बिहान वडा प्रहरी कार्यालय घोराहीकाे हिरासत कक्षकाे शाैचालयमा आत्महत्या गरेका हुन् ।
प्यूठानकाे बडडाँडा घर रहेका सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेटक्वाटर भालुवाङमा कार्यरत सशस्त्र प्रहरी जवान पचभैया मगरले प्रहरी हिरासत कक्षकाे शाैचालयमा आफूले लगाएकाे गन्जी र टिसर्टको पासो लगाएर झुन्डिएर आत्माहत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जानकारी दिनुभयाे ।
उनले आज बिहान करिब ५ बजे झुण्डिएकाे अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।
आराेपित पचभैया सहित आर्काे एक जनालाई पनि केही दिन अघि प्रहरीले पक्राउ गरी दाङ-देउखुरी जिल्ला अदालतमा सात दिनकाे म्याद थप गरेर अनुसन्धान अघि बढाएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्