दाङ – देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा आज सोमबार बिहान साढे ६ बजेतिर एक जनाको ज्यान गएको छ ।
लमही – गढवा सडक खण्डमा लमहीबाट गढवा तर्फ जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाइकल लमही बजारको बैंक रोडमा अनियंत्रित हुँदा उनी गम्भीर घाइते भएका थिए ।
ज्यान जानेमा राप्ती गाउँपालिका-५ कमलरोड सिसहनिया निवासी वर्ष २२ का प्रेम राना मगर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनु भयो ।
मोटरसाइकल आफै अनियंत्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका राना मगरको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । मृतक राना मगरको शव पोष्ट मार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्