अमेरिकाले डाइभर्सिटी भिसाको २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गर्यो

दाङ समाचार
दाङ समाचार १९ कार्तिक २०८१, सोमबार
1 Min Read
Aa

दाङ– अमेरिकाले डाइभर्सिटी भिसाको २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको छ । यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको नेपाल स्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

अमेरिकी दूतावासका अनुसार असोज १६ गते बुधबार राति ९:४५ बजेदेखि डीभी कार्यक्रममा आवेदन खुल्ला गरिएको थियो । डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ । एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एकभन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्