दाङ – गढवा उद्याेग वाणिज्य संघले बजार व्यवस्थापन तथा गढवा बजारमा हाट बजार संचालनका लागि गढवा गाउँपालिकालाई ७ बुदे ध्यानाकर्षण पत्र बुझाएकाे छ ।
अस्तब्यस्त रहेकाे तरकारी बजारलाई ब्यबस्थापन, बजार क्षेत्रमा रहेका ठेला, ढेब्ली तथा फुटपाथमा रहेका सामाग्रीहरू ब्यबस्थापन, गढवामा पशु हाटबजार, ब्यबसायिक हाट बजार संचालन, बजार क्षेत्रमा दिर्घकालीन सडकबत्ति ब्यबस्थापन, गुणस्तरीय सिसि क्यामेरा जडान, गाउँपालिकाले परियाेजना मार्फत निर्माण गरेकाे भवन यथासिघ्र संचलान लगायतका महत्वपूर्ण बिषयहरू राखी गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलकाे नेतृत्वमा गएकाे टाेलीले गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पाेख्रेललाई ध्यानाकर्षण पत्र बुझाएकाे हाे ।
पत्र बुझ्दै पालिका अध्यक्ष शर्माले अहिलेकाे आवश्यकताकाे विषय उद्योग वाणिज्य संघले उठाएकाे बताउदै यस विषयमा पालिकाले कामहरू अघि बढाउने बताउनु भयाे । अध्यक्ष शर्माले फागुन १ गते बाटै हाट बजार संचालन गर्ने गरि तयारी गरिएकाे जानकारी गराउदै गढवा चाेकमा अस्तब्यस्त रहेकाे तरकारी, ढेब्ली तथा ठेलालाई तत्कालै ब्यबस्थापन गरिने बताउनु भयाे ।
व्यवसायी संचालक, उद्योग वाणिज्य संघ र सम्बन्धित पक्षसंग एक कार्यक्रम गरि व्यवस्थापन छिट्टै गरिने जानकारी दिदै अध्यक्ष शर्माले बजार क्षेत्रमा सडकबत्ति तथा सिसि क्यामेरा समेत सम्बन्धित वडासंग छलफल गरी जडान गरिने उहाँको भनाई छ ।
गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेलले रातमा बजार क्षेत्रनै अन्धकार हुँदा, सिसि क्यामेरा नहुँदा चाेरीका घटनाहरू बढ्न थालेकाले यस्ता काम नियन्त्रण गर्न ध्यानाकर्षण पत्र बुझाइएकाे जानकारी दिनुभयाे ।
साथै अध्यक्ष बसेलले अस्तब्यस्त तरकारी बजार, बाटाे तथा फुटपाथमा ढेब्लि ठेला हुनुले दुर्घटना बढ्न सक्ने भन्दै साे व्यवस्थापनमा स्थानीय सरकारसंग उद्योग वाणिज्य संघले समन्वय गरि अगाडी बढ्ने बताउनु भयाे ।
टाेलीमा संघका अध्यक्ष बसेल, पुर्व अध्यक्ष रबिलाल आचार्य, वरिष्ठ उपाध्यक्ष मधा न्याैपाने, उपाध्यक्ष चिन्ताप्रसाद पाेख्रेल, सल्लाहकार उमाकान्त पन्त, रामप्रसाद गैरे, गुमानसिंह गुरूङ, प्रेस सल्लाहकार शिवराज पन्थी सदस्यहरू राज कुमार नेपाली, डेगमान जिसी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्