काठमाडौँमा सुरु भयाे राष्ट्रिय परिचय पत्र वितरण

दाङ समाचार
दाङ समाचार ३ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडाैँ – असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचय पत्र वितरण भइरहेकाे छ। निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको छ भने मतदाता नामावलीसँगै राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको हो।

सरकारले परिचय पत्र वितरण सुरु गरे पनि सेवा लिन आउने जनताले भने सजह नभएको भन्दै गुनासो गरेका छन्। काठमाडौँ महानगरपालिका भित्रका नागरिकको लागि राष्ट्रिय सभागृहमा राष्ट्रिय परिचय पत्र बनाउने व्यवस्था गरेको छ।

परिचयपत्र बनाउनको लागि सर्वसाधरणहरू बिहान ४ बजेदेखि लाइनमा बसे पनि बेलुका चार बजेसम्म पालो नआएको काठमाडौँ महानगर वडा नम्बर २ का जगतमोहन श्रेष्ठले बताए। उनले अनलाइन फर्म भरेर आएपछि फोटो खिच्ने काम भए पनि धेरै समय लागेको बताए।

सरकारले नागरिकता र राष्ट्रिय परिचय पत्र एउटै काम गर्ने भए नागरिकता र परिचय पत्र दुबै काम नभएको भन्दै राष्ट्रिय परिचयपत्र खारेज गर्नु पर्ने उनकाे भनाइ छ।

त्यस्तै, अर्का सर्वसाधारण हिमबहादुर बोहोराले जिल्ला प्रशासन कार्यालयले सभागृहमा पठाए पनि सभागृहमा आज काम नहुने भोलि मात्रै काम हुने भनेको बताए। उनले छोरी विदेश पढ्न जानको लागि नागरिकताले मात्रै राहदानी नबन्ने भएकाले राष्ट्रिय परिचय पत्र बनाउन आएको बताए।

प्रतिक्रिया दिनुहोस्