दाङ– लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले सीप सिकेर आयाअर्जन गर्ने तर्फ युवाहरु सक्रिय हुनु पर्ने बताए ।
जनतासंग मेयर कार्यक्रम अन्तर्गत देउखुरी मोबाईल संघले संचालन गरेको मोबाईल मर्मत तालिमको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले तालिममा सिकेका सिपलाई व्यबहारमा प्रयोग गर्दै आर्थिक रुपले बलियो बन्न आग्रह गरे ।
“रोजगारीको लागि युवाहरु तेस्रो मुलुक पलायन भैरहेका बेला यस्तो तालिमले ती युवाहरूलाई आफ्नै देशमा केही काम गर्न उत्प्रेरित गर्नेछ”- नगर प्रमुख चौधरीले भने । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले संसारमा छरिएर रहेका आफ्ना आफन्तीसंग नजिक हुने माध्यम मोबाईल नै हो यहि मोबाईल बिक्रि गरेर, बिग्रेका मोबाईल मर्मत गरेर आफ्नो व्यवसाय चलाई रहेको भन्दै आफू गौरवान्वित भएको बताईन ।

कार्यक्रममा उपस्थित मोबाईल व्यवसायीहरुलाई आफ्नो पेशालाई अझै व्यवस्थित र मर्यादित गराएर संचालन गर्न आग्रह गरिन । अब नगरपालिकाले सीप सिकाउने र बेरोजगारलाई रोजगार बनाउने कार्यक्रम संचालन गर्ने तर्फ केन्द्रित भएको जानकारी गराईन ।
लमही नगरपालिकाका निवर्तमान नगर प्रमुख कुलबहादुर केसीले पाँच वर्षको समयमा लमही नगरपालिका धेरै विकास गरेको बताए । अब बिनियोजित हुने बजेट जनताको आर्थिकसंग जोडिने खालको हुनु पर्ने बताए । समग्र नगरपालिका निर्माण गर्ने क्रममा यो वा त्यो पार्टी नभनेर लाग्नु पर्ने बताए ।

तालिम समापन कार्यक्रममा बोल्दै लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले सीप सिकेर युवाहरु स्वरोजगार बन्ने हिम्मत गरेको भन्दै खुशी व्यक्त गरे ।

जनतासंग मेयर कार्यक्रम अन्तर्गत देउखुरी मोबाईल संघले आयोजना गरेको मोबाईल मर्मत तालिममा वीस जनाको सहभागिता रहेको थियो । तालिमको प्रमुख प्रशिक्षकमा टोपलाल भुसाल र सहायक प्रशिक्षकमा जीवराज खड्का रहेका थिए, तालिम तीन महिना सम्म संचालन भएको थियो ।

देउखुरी मोबाईल व्यवसायी संघका अध्यक्ष बिजयसिंह ठकुरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष दिनेशचन्द्र भण्डारी स्वागत रहेको थियो भने कार्यक्रमको सहजीकरण महासचिव राजु कुमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्