एन्फाको नवनिर्वाचित टिमलाई प्रधानमन्त्री देउवाको बधाई

दाङ समाचार
दाङ समाचार १५ असार २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित टिमलाई बधाई दिएका छन् । एन्फाका नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङसहितलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले बधाई दिएका हुन् ।

यसअघि टोलीलाई एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । कर्मा छिरिङ्ग शेर्पालाई हराउँदै नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्